१८ असार २०८३, बिहिबार 1783045327
Banner

एमाले अध्यक्ष ओली र गृहमन्त्रीरविबीच बालकोटमा भेटवार्ता

काठमाडौं-सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता गर्नुभएको छ।

अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भइरहेको बताइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।