३१ भाद्र २०८१, सोमबार 1726537716
Banner

गिरिबन्धु प्रकरणमा संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरिबन्धु टी–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग गरेको छ। काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

ुगिरिबन्धु टीस्टेटमा नीतिगत भ्रष्टाचार भएको छ। कानुन नै बनाएर भ्रष्टाचार गर्ने व्यक्तिहरूमाथि छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्दछ,ु उनले भने। त्यस्तै राप्रपाले उठाएको ४० बुँदे माग सम्बोधन नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गर्ने भएको छ। अध्यक्ष लिङ्देनले आन्दोलनको स्वरूप फेरेर सशक्त ढंगले अगाडि बढ्ने र सरकारलाई ४० बुँदे मागप्रति ध्यानाकर्षण गराउने बताए।