५ आश्विन २०८१, शनिबार 1726958743
Banner

गण्डकीमा दोस्रो पटक आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुर्दै

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको हो।

दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा आज चौथो सरकार बन्न लागेको हो। कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।