१८ जेष्ठ २०८३, सोमबार 1780307507
Banner

रसुवामा लेक लागेर एक युवकको मृत्यु

रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४, लाङटाङमा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवाले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु हुदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा रहेको लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताउनुभयो ।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।