१२ श्रावण २०८१, शनिबार 1722090135
Banner

गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, १ अर्ब बिगो माग

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर  गरेको हो।

उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ।

लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आरोपितहरूले ठूलो रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोप- पत्रमा उल्लेख  छ।