काठमाडौँ, । भारतको वेग्लोरमा गए राती खाना पकाउने ग्याँस पडकिएर पाँच जना नेपालीको ज्यान गएको छ ।
एमाले केन्द्रीय सदस्य ऐन महरकाअनुसार मृत्यु हुनेमा बझाङ जयपृथ्वीनगरपालिका वडा नं. ११ का सुइल घर भएका मदन बोहरा, उहाँकी श्रीमति प्रेमजला धामी बोहरा, छोरीहरु अनिता बोहरा, निता बोहरा र छोरा प्रशान्त बोहरा रहेका छन् ।
मृतकहरू रोजगारीको सिलसिलामा वैग्लोर पुगेका बोहरा परिवार सहित छ वर्षदेखि उतै बस्दै आउनु भएको थियो । खाना पकाउने ग्याँस लिकेज भई पकडिएको र स्थानीय भिक्टोरिया अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।
बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।
झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो । यस अघि उहाँका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यु भएको थियो ।
मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । उनी बैंग्लोरको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।