२३ भाद्र २०८१, आइतबार 1725784250
Banner

पाल्पामा खैरो हिरोइनसहित एक जना पक्राउ

पाल्पा- जिल्ला प्रहरी कार्यालय पाल्पाले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ४ घर भई हाल पाल्पाको तानसेन ६ मा बस्दै आएका ४१ वर्षीय श्रीप्रसाद बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले सोमबार तानसेन-२ को मेहलधारामा बुढाथोकीलाई शंकास्पद मानी खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो फेला परेको जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकरी सुगन्ध श्रेष्ठका अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढी गाउँपालिका वडा नं.१ राताडाँडास्थित सिद्दार्थ राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, प्रहरी चौकी प्रभास, प्रहरी चौकी आर्यभञ्ज्याङ, प्रहरी चौकी र लुम्बिनी मेडिकल कलेज प्रभासको मेडिकलको स्वास्थयकर्मीसहितको टीम सहभागी गराई लागू औषध सम्बन्धी राजमार्ग चेकीङ गरेको छ ।

राजमार्ग भएर लागूऔषधको कारोबार हुने तथा यात्रुले समेत सेवन गर्ने गुनसो बढेपछि चेकजाँचमा कडाइ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।