१२ श्रावण २०८१, शनिबार 1722090220
Banner

प्रतिनिधिसभामा अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा छलफल बुधबार सकिँदैछ। 

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले आज पनि धारणा राख्नेछन्। संसद् सचिवालयका अनुसार आज एक घण्टा बजेटमाथि छलफल चल्नेछ। सांसदले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ। 

त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र  भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्नेछन्। त्यसपछि बजेटमाथि मन्त्रालयगत छलफल शुरु हुनेछ। 

राष्ट्रियसभामा बजेटमाथिको छलफल मंगलबार नै सकिएको छ। बैठकमा अर्थमन्त्री पुनले हिजै सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेका छन्।