२३ भाद्र २०८१, आइतबार 1725783151
Banner

स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ छन् ।

स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोप छ । 

पक्राउ परेका ६६ वर्षीय बाशु देवमान जोशी कुलेश्वरका स्थानीय हुन् । ६७ वर्षीय सेलालिक काठमाडौँ–२५ केलटोल र सदस्य ५८ वर्षका धर्मरत्न पाछेँ नरदेवीका हुन् । आरोपीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेको आरोप छ ।