६ आश्विन २०८१, आइतबार 1727047248
Banner

महासेनानी दिरेन्द्रकुमार मल्लमाथि कारबाही

काठमाडौं । सैनिक अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्लमाथि कारबाही गरेको छ । मल्ललाई सैनिक सेवाबाट हटाउने निर्णय सैनिक अदालतले गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति अनुसन्धान हुँदा उनी दोषी ठहर भएका कारण सैनिक अदालतले कारबाही गरेको हो ।

मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट बोलाइएको थियो ।

काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । छानबिन प्रतिवेदनका आधारमा सैनिक अदालतले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।