७ आश्विन २०८१, सोमबार 1727103609
Banner

संसद् सचिवालयका कर्मचारीको मागबारे सभामुख निवासमा छलफल

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल भएको हो ।

कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएका छन् ।