२८ भदौ २०८३, आइतबार 1789357089
Banner

बुटवलको डेल्टा मार्टमा आगलागी

बुटवल । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा अहिले आगलागी भएको छ। यस मार्टमा जुत्ता चप्पलको मेला लाग्ने गर्छ। साँझदेखि लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल उपमहानगरपालिकाको दमकलले आगो निभाउने काम भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छ।