३ आश्विन २०८१, बिहिबार 1726731787
Banner

सुनको मूल्य आज तोलामा २७ सय घट्यो

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।