३१ भाद्र २०८१, सोमबार 1726537902
Banner

विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न : लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

काठमाडौँ । नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्बजनिक गरेको आरोप लगाउनुभयो  । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै उहाँले प्रश्न गर्नुभयो । 

शर्माले सुर्य दर्शन सहकारीका ठगिका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गर्नुभएको थियो । 

उहाँले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताउनुभयो ।  उहाँले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताउनुभयो ।

महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गर्नुभएको छ । उहाँले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाउनुभयो ।