२३ भाद्र २०८१, आइतबार 1725784393
Banner

इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश

काठमाडौं- बराबरी गोल गर्दै साविक विजेता इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टीमा असफल रहेका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए ।

अर्को मिनेट भित्र उनले नै गोल गर्दै क्रोएसियालाई दोस्रो चरण पुग्ने संघारमा पुर्‍याएका थिए । खेलमा हार बेहोरेको भएपनि इटाली समूह ‘बी’ मा तेस्रो हुँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको थियो । तर सो सम्भावना अनुरूप अन्य नतिजामा भर पर्नु पर्ने थियो ।

इटालीको ३ खेलमा ४ अंक रह्यो । क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ मा तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ ।

अल्बानिया भने १ अंकसहित समूहको पुछारमा रह्यो । अन्तिम खेलमा अल्बानिया माथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजासहित समूहको शीर्ष स्थानमा रह्यो ।