२७ जेष्ठ २०८३, बुधबार 1781080848
Banner

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्यो, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद राख्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद राख्ने निर्णय गरेको हो। यस्तै केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ । १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय बैठकले गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

यस्तै, केन्द्रीय उपाध्यक्षमा एक महिला सिट सुरक्षित गर्ने, कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था राखिएकोमा त्यो नगर्ने, आवश्यकताअनुसार वरिष्ठ नेताको पद सृजना गर्ने निर्णय पनि बैठकले गरेको छ।