४ भदौ २०८३, बिहिबार 1787241724
समाचार

अध्यक्षमा मेरो दावी कायमै छ: झलनाथ खनाल

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट पार्नु भएको छ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताउनु भएको हो। उहाँले अध्यक्षमा दावी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट पार्नुभयाे।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ ? भन्दै आफ्नो नाममा सहमति बन्ने बताउनुभयो।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने तयारीमा हुनुहुन्छ।