१६ असार २०८३, मंगलबार 1782859938
पालिका

काठमाडौं महानगरले माग्यो कक्षा-११ को छात्रवृत्तिका लागि आवेदन

काठमाडौं-काठमाडौँ महानगरपालिकाले कक्षा-११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ । 

असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ।  असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ।