१ जेष्ठ २०८३, शुक्रबार 1778891912
Banner

‘एसईईमा आधाभन्दा बढी विद्यार्थी किन फेल भए सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईईमा) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् ।

सांसद जुली महतले भनिन, ‘विद्यार्थी असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान्। शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ। यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन्। कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?’

उनीहरूले बिहीबार प्रकाशित एसईईमा परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरेका हुन् । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘उनीहरू असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरू किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?

सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र विपद् व्यवस्थापनको पूर्व तयारीलाई गति दिन सरकारले ध्यान दिनुपर्छ भनिन् ।