३१ भाद्र २०८१, सोमबार 1726537047
Banner

ओलीले बोलाए आफना मन्त्रीलाई बालकोट

काठमाडौं । सत्ता समीकरण फेरिने चर्चाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बालकोट निवास बोलाएका छन् । कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने चर्चाबीच ओलीले सरकारमा सहभागी दललाई छलफलका लागि बालकोट बोलाएको ओली निकट स्रोतले पुष्टि गर्‍यो ।

‘दुई ठूला दल एक ठाउँमा आउने स्थितिमा राष्ट्रिय सहमतिकै सरकार बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने किसिमले छलफल भइरहेका छन् । नेताहरू संवादमा जुट्नुभएको छ,’ ओली निकट स्रोतले भन्यो, ‘यसैबीच अध्यक्षले सरकारमा सहभागी भएका एमालेका मन्त्रीलाई छलफलका लागि आजै साँझ बालकोटमा बोलाउनुभएको छ ।’

सरकारमा एमालेबाट ८ मन्त्री सहभागी छन् । मन्त्रिपरिषद् बैठकलगत्तै ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।