३ आश्विन २०८१, बिहिबार 1726729938
Banner

रोल्पा जीप दुर्घटना : एकै गाउँका ५ जनाको मृत्यु, ६ घाइते

रोल्पा-रोल्पाको तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ यात्रु गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा-४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।