२८ भदौ २०८३, आइतबार 1789305878
Banner

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

पोखरा-पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो।

मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत रु.२० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो।