२८ भदौ २०८३, आइतबार 1789307515
Banner

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

काठमाडौं-नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।