३ आश्विन २०८१, बिहिबार 1726730170
Uncategorized

नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा वीरगञ्जमा सभा सम्पन्न भएको हो।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत आव २०७८/०७९ र आव २०७९/०८० को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८/०७९ र आव २०७९/०८० को वासलात, नाफानोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गरिएको छ।

त्यसैगरी आव २०७९/०८० का लागि लेखापरीक्षक एसएआर एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गरिएको छ। सभाले आव २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ। साधारणसभाले आव २०७९/०८० को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिमा संस्थापक समूह क का शेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह ख का शेयरधनीहरूका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ।

२०८१ जेठ मसान्तसम्म कम्पनीको लगानी २ खर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ।