३ कार्तिक २०८१, शनिबार 1729361916
Banner

यस्तो छ मुकुल ढकालले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल (हाल निलम्बित)ले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन् । प्रतिवेदन ३२ पृष्ठ लामो छ ।

बुधबारको बैठकमा डा. ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए । त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए ।