काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका हुन।
अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका सम्मानित नेता खनालले नयाँ नेतृत्वका लागि प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनमा सहमतिपत्र पढेर सुनाए ।
खनालले छलफल गरेर १२ वटा समूहले नै सहमतिका आधारमा नेतृत्व बनाउन सुझाव दिएपछि त्यहीअनुसार निर्णय भएको बताए ।