२ आश्विन २०८३, शुक्रबार 1789793041
समाचार

दाङमा जंगलमा च्याउ टिप्न गएका ३ जना महिलालाई बाघले आक्रमण गर्‍यो

काठमाडौं । दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए।

आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको हो। केसीको दुबै हातमा सामान्य चोट लागेको छ। सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस