२ आश्विन २०८३, शुक्रबार 1789790632
Banner

नौबिसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति बन्द हुने

काठमाडौं-पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ। सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ।

उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ।