५ कार्तिक २०८१, सोमबार 1729528018
Banner

प्रधानमन्त्री दाहालले आज पाँँचौ पटक विश्वासको मत लिदै, मत पाउने सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज पाँचौ पटक विश्वासको मत लिँदै छन्। संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफल हुनेछ। त्यसपछि प्रधानमन्त्री दाहालले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मत निर्णयार्थ पेस गर्ने कार्यतालिका छ। मत विभाजन प्रक्रिया सकिएपछि संसद् सचिवालयले मत परिणाम भोलि नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिने तयारी छ।

१८ महिनाको अवधिमा प्रधानमन्त्रीले ५ औ पटक आज विश्वासको मत लिदै छन । आफनो कार्यकालमा ३ पटक गठबन्धन परिर्वतन गरेका दाहालले आज विश्वासको मत पाउने सम्भावना कम छ । एमालेसँग २ र काँग्रेस सँग १ पटक गठबन्धन परिर्वतन गरेका दाहाल अहिले अल्पमतमा छन । प्रधानमन्त्रीको पक्षमा ६३ र काँग्रेस एमालेकोे पक्षमा २०७ सांसद छन । विश्वासको मत नपाए आजै प्रधानमन्त्री पद मुक्त हुने र नयाँ सरकार गठन प्रकृया अघि बढ्ने छ ।