२ कार्तिक २०८१, शुक्रबार 1729303959
Banner

चौथोपटक प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीको शपथग्रहण दिउँसोका लागि तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रमलगत्तै ओलीले पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

एमाले अध्यक्ष ओलीले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार राति प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेश भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।