४ आश्विन २०८१, शुक्रबार 1726811142
समाचार

सभापति देउवाद्वारा महिला सङ्घको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला सङ्घको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।महिला सङ्घले टोखा नगरपालिकास्थित धापासीमा निर्माण गर्न लागेको केन्द्रीय कार्यालय मङ्गलादेवी भवनको आज शिलान्यास गर्नुभएको हो  ।

शिलान्यासपछि सभापति देउवाले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवन तोकिएकै सममयमा निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।  “मैले भन्ने गरेको छु, कुनै पनि योजना शिलान्यास गरेर छाड्न हुँदैन, त्यसलाई पूरा गर्नुपर्छ । मङ्गलादेवी सिंहको नाममा बन्न लागेको यो भवनको निर्माण छिट्टै सम्पन्न गर्नुस्, यसमा सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।
      
पूर्वप्रधानमन्त्री देउवाले मङ्गलादेवी सिंह गणेशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा एउटा संस्था भएको बताउनुभयो । उहाँले मङ्गलादेवी सिंहका नाममा भवन शिलान्यास गर्न पाउनु ठूलो आफ्ना लागि पनि गौरवको कुरा भएको बताउनुभयो । सिंह नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।