३ आश्विन २०८१, बिहिबार 1726802473
Banner

सिमताल घटना अपडेट : १९ यात्रुको शव फेला

काठमाडौँ । चितवनको सिमलताल पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये आजसम्म १९ यात्रुको शव फेला परेको छ। चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। आजमात्रै २ शव फेला परेको छ।

एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो।

तीन शव सरकारी अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बस अझै अज्ञात छ। बसमा ६५ जना यात्रु रहेको बताइएको छ। ३ जना सकुशल फिर्ता भएका छन्। अझै ४३ यात्रुको अवस्था पत्ता लागेको छैन।