३१ भाद्र २०८१, सोमबार 1726537180
Banner

आफु स्वर्ग गयो अनी अरुलाई नर्क पुरयायो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने बताएका छन् । स्वर्ग र नर्क सँगै जाने भनेर एकजनालाई धोका दिइएको उनले टिप्पणी गरे । आज संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालको भनाइः

‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो रु त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । सुन्दै आनन्द लाग्ने कुरा । तर, आफू स्वर्गतिर लाग्यो‘ अर्कोलाई लात्ति हिर्काएर नर्कतिर‘ । अचानक गठवन्धन किन तोडियो रु किन फेरियो रु यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।