२ असार २०८३, मंगलबार 1781657504
Uncategorized

छिमीले छाडे माओवादी, बालकोट गएर एमाले प्रवेश

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद् छिमी दोर्ची लामा एमाले प्रवेश गर्नुभएको छ ।

बुधबार साँझ लामालाई बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो । एमाले प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत हुनुहुन्छ ।

नेकपा ९एमाले० रोजेर समयमै सही निर्णय गर्नुभएकोमा नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष ओली भन्नुभयो, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला तिनका हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’

स्वागत कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो