२३ भाद्र २०८१, आइतबार 1725782776
Banner

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट दलका उपेनता चेतनारायण आचार्यले दाबी पेश गर्दै

 काठमाडौं । माओवादी नेतृत्वको सरकार बिदाइ भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।  केन्द्रमा भएका सहमति अनुसार यो प्रदेशमा एमालेले मुख्यमन्त्री पाएको छ।  निर्वाचनमा मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ। यस अनुसार सरकार गठनको दाबी पेस भएको छ। 

नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य ले  प्रदेश मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ  । ५६ सांसदको समर्थनसहित उहाँले  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो  ।

आचार्यले नेकपा एमालेका २९ जना र काँग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेस गर्नुभएको छ  । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

 अर्घाखाँची १ (क) बाट निर्वाचित एमाले सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो  ।

नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार  नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठकलाई आइतबार सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो ।