२३ भाद्र २०८१, आइतबार 1725775813
अर्थ

आईएमई इलेक्ट्रिक ‘मोटर्स मोटुल इन्डिया एलिट क्लब’ मा समावेश

काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो । छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भएपछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो ।

विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो । जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हाँसिल गरेको छ ।

विगत १५० वर्ष भन्दा लामो समयदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।

मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गर्यो । सो कन्फ्रेन्समा भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए ।

सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो ।

उल्लेख्य बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ ।

आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे ।

सीईओ पुराणिकले भने, ‘सो मान्यता आईएमई इलेक्ट्रिकको सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण कार्य प्रगतिको परिणाम हो । यस्ता प्रतिष्ठित साथीहरूकाबीचमा सम्मानित हुन पाउनु नै एक महत्त्वपूर्ण उपलब्धि हो र यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ ।’

‘म यस मान्यताका लागि मोटुललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा हाम्रो यो सफल साझेदारी निरन्तर रहने र अझै ठुला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु’ उनले भने ।

यसैगरी आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई समेत सीईओ पुराणिकले धन्यवाद व्यक्त गरे । गुणस्तरीयता र नवीनताका लागि कम्पनीले गरेको समर्पणबाट ग्राहक र उद्योग क्षेत्रमा कार्यरत सबैलाई फाइदा पुगेको पनि उनले उल्लेख गरे ।

मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्त्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई बधाई ज्ञापन गरेका छन् । आईएमई जस्तो महत्त्वपूर्ण साझेदार पाएकोमा गौरवान्वित भएको तथा यसबाट थप सफलता तथा सहकार्य लामो समय चल्ने अपेक्षा गरेको पनि सीईओ पाईले उल्लेख गरे ।

आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह हो । सो ग्रुप अटोमोबाइल, बैंकिङ, रेमिटेन्स, ट्रेडिङ, आइटी, कम्युनिकेसन, टेक्नोलोजी, इनर्जी, टुरिजम, हस्पिटालिटी, होटल, इन्स्योरेन्स, लजिस्टिक, रिटेल, इन्फोटेनमेन्ट लगायतका विभिन्न व्यवसायमा संलग्न रहेको छ