काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार बनाउने सन्दर्भमा साना दलको बार्गेनिङ सधैंका लागि अन्त्य गर्न एमाले र कांग्रेस मिलेको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोन गर्दै उनले साना दलले प्रधानमन्त्री नै माग्न थालेपछि कांग्रेस–एमाले मिल्नुको विकल्प नभएको बताउनुभएको हो ।

संसद्का दुई ठुला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गर्नुभयो ।
उहाँले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको बताउनुभयो ।
‘राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्नका लागि तीन वटा विशेष अवधि पार गर्नुपर्ने हुन्छ भन्ने जबजले भनेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने स्पष्ट गर्नुभयो ।
समाजवादमा पुग्नु अघि पुरानो समाज व्यवस्थारउत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेरै भनेको महासचिव पोखरेलले बताउनुभयो ।
जनताको बहुदलीय जनवाद अहिले पनि अत्यन्त सान्दर्भिक रहेको उहाँले बताउनुभयो । नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो नभई नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन भएकाले मार्क्सवादको प्रयोग पनि देशको विशेषताका आधारमा लागू हुन्छ भन्ने मान्यतामा जबजको विकास गरिएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।
उहाँले २०६२र०६३ को जनआन्दोलनको सफलतापछि राजनीतिक दलका नेता कार्यकर्ता समर्पण होइन व्यक्तिगत प्राप्तितिर, अवसरको खोजीमा जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
२०६२र०६३ जनआन्दोलनको सफलतालाई राजनीतिक क्रान्ति भन्न सकिएला, समग्र क्रान्ति होइन भन्दै महासचिव पोखरेलले समाज बदल्ने काम बाँकी रहेकाले हामी पार्टीका नेता कार्यकर्ता समाज बदल्ने कुराबाट विमुख हुन्छौं भने क्रान्तिकारी हुन सक्दैनौँ भन्नुभयो ।
उहाँले समाज बदल्ने कुरा नै राजनीतिक अभिष्ट हो भन्ने कुरा पार्टीका सबै नेताकार्यकर्ताको मनमा लाग्नुपर्ने र आत्मविश्वासका साथ आफ्नो क्षमता पूर्णरूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने हुँदा नेताकार्यकर्ताहरूमा विचारका प्रश्नमा प्रष्टता आवश्यक रहेको कुरामा महासचिव पोखरेले जोड दिनुभयो । उहाँले भन्नुभयो– विचारका पक्षमा निरन्तर बहस र छलफल आवश्यक छ ।
प्रशिक्षणमा महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता कसरी सिर्जना हुन्छ भन्ने सविस्तार चर्चा गर्दै समाजमा त्यसको प्रभाव सामाजिक अराजकताका रूपमा देखापर्ने बताउनुभयो ।
नेकपा ९एमाले० ललितपुर जिल्ला कमिटीले यही साउन १० देखि १५ गते सम्म पार्टी स्कुल विभागको व्यवस्थापनमा दुई समूहमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारीलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाईपी आचार्य, प्रा। डा। तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेल लगायत विषय विज्ञहरूले प्रशिक्षण दिनुभएको छ ।


