५ आश्विन २०८१, शनिबार 1726975492
Banner

७ क्‍वीन्टल गाँजासहित दुई जनालाई पक्राउ

नवलपुर- पूर्वी नवलपरासीमा जिल्ला प्रहरीले कार्यालयले ७ क्‍वीन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका-२ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखीएको अवस्थामा गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले २४ वटा बोरामा प्याकीङ्ग गरेर राखीएको ७ सय २० किलो गाँजा बरामद गरेको बताउनुभयो ।

गाँजासहित सोही कन्टेनर चालक राप्ती नगरपालिका-२ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् । गाँजा बोकेर हिंडेको कन्टेनरलाई पछ्याउँदै मध्यविदु नगरपालिकाको चोरमाराबाट रजहरसम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ ।

गाँजा कहाबाट कसरी आयो र यसमा सम्लग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । ठूलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठुलै गिरोहका सम्लग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनभयो ।