३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:35 am
Banner

नागढुङ्गा-नौविसे सडक खण्ड अबरुद्ध

सूचना प्रेस २०८१ श्रावण १५ मंगलबार ००:००, ०७:४७ बजे १ मिनेट पढाइ

धादिङ- अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको छ । धुनीवेशी नगरपालिकास्थित वडा-९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लोदो सहितको पहिरो आउँदा सडक विहानैदेखी दुबैतर्फ बन्द भएको हो ।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरु रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भईरहेको छ । लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनार्ईएको छ ।