५ भदौ २०८३, शुक्रबार 1787342434
अर्थ

प्रभु बैंकको तेह्रथुमको म्याङलुङ र धनकुटामा शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले तेह्रथुमको म्याङलुङ र धनकुटा नगरपालिकामा शाखा विस्तार गरेको छ। बैंकले म्याङलुङ नगरपालिका १ मा ३०८ औँ र धनकुटा(७ स्थित हुलाकटोलमा ३०९ औँ शाखा खोलेको हो। म्याङलुङ र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।

‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०९ शाखा कार्यालय छन्। २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ।