७ आश्विन २०८१, सोमबार 1727086700
Banner

बस्ती पस्यो मनोहरा र हनुमन्ते खोला

काठमाडौँ । रातभर परेको पानीले काठमाडौँ उपत्यका र आसपासका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गर्दै वस्ती पसेको छ । भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्तीका केही घरमा बाढी पसेको छ ।

बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको हो । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभाग आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएको छ ।