७ आश्विन २०८१, सोमबार 1727093780
Banner

काठमाडौँको सुन्दरीघाट बाढीमा फसेका १५ जनाको उद्धार

काठमाडौं । अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।
बाढीमा फसेको खबर पाएपछि बुधवार बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।