३ मंसिर २०८१, सोमबार 1731954593
Banner

सुरक्षा सल्लाहकारबाट शंकरदास बैरागीको राजीनामा 

काठमाडौं । राष्ट्रिय सुरक्षापरिषद्का सुरक्षा सल्लहाकार शंकरदास बैरागीले राजीनामा दिएका छन् । उनले बुधबार राजीनामा दिएको स्रोतले बतायो। तत्कालीन प्रधामनन्त्री प्रचण्ड नेतृत्वको सरकारको पालामा उनलाई सुरक्षा सल्लहाकारमा सरुवा गरेर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाइएको थियो । 

अवकाश पाउन तीन महिना बाँकी हुँदा  बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको थियो  ।मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।