काठमाडौँ । पराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छन् । परराष्ट्रमन्त्री राणाले बुधबार त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री राणाले निरीक्षणका क्रममा राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।