६ आश्विन २०८१, आइतबार 1727032842
Banner

एमालेले तोक्यो नयाँ ईन्चार्ज, केन्द्रिय कमिटिमा थपिए १७ केन्द्रीय सदस्य (नामावली)

काठमाडौं-नेकपा एमालेमा दुई जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको छ।

आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। त्यस्तै प्रदेश इन्चार्जहरु को पनि जिम्मेवारी हेरफेर गरिएको छ। सचिवद्वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।

कुन प्रदेशमा को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

त्यसतै पार्टी सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

यी हुन् थपिएका केन्द्रीय सदस्य–
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक 
२. कुन्दन कुशवाह – राैतहट 
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. भरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७. आशा जवेगु – पाँचथर