५ आश्विन २०८१, शनिबार 1726979623
अर्थ

हेमबहादुर मल्ल सम्मान-२०७९ डा. भेषबहादुर थापालाई

काठमाडौं । नेपाल जन–प्रशासन संघले हेमबहादुर मल्ल सम्मान,२०७९ डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हेमबहादुर मल्ल सम्मान,२०७९ डा. भेषबहादुर थापालाई प्रदान गर्ने जानकारी दिएको हो ।

संघका अध्यक्ष मधुरमण आचार्यले हेमबहादुर मल्ल सम्मान,२०७९ साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जन–प्रशासन संघको संयुक्त रहेको बताए । उनले साल्ट ट्रेडिङ कर्पोरेशनका कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको बताए । उनले हेमबहादुर मल्ल सम्मान,२०७९मा सम्मानपत्र सहित नगद २ लाख रुपैयाँ हरेक वर्ष प्रदान गर्दै आएको बताए ।

अध्यक्ष आचार्यले पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कुटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हितमा पुर्याएको योगदानको कदरस्वरुप हेमबहादुर मल्ल सम्मान—२०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिएको बताए ।

उनले उक्त सम्मान विशेष समारोहकाबीच आगामी २०८१ श्रावण २३ गते प्रदान गरिने बताए ।