५ आश्विन २०८१, शनिबार 1726971184
अर्थ

हिमालयन बैंकद्वारा बालाजु चोकमा नयाँ शाखा सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । २१ साउनदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा छ ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् ।

नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।