२८ भदौ २०८३, आइतबार 1789354267
Banner

पहिरो खसेपछि मुग्लिन-मलेखु सडक अवरुद्ध

मुग्लिन-पहिरो खसेपछि मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो।