५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 3:04 pm
Banner

झापामा डेंगीको संक्रमणबाट एक शिक्षिकाको मृत्यु

सूचना प्रेस २०८१ श्रावण २६ शनिबार ००:००, १२:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो ।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बीएन्डसी अस्पताल लगिएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।