५ आश्विन २०८१, शनिबार 1726949062
Banner

सुनको मूल्य १ लाख ५० हजार कट्यो

काठमाडौं । सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७.६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।